arrow

आजबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाइदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
vaccine-pfizer-biotech.jpg

काठमाडौँ। आइतबार(आज) बाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाइने भएको छ। अमेरिकाले अनुदान स्वरूप दिएको १ लाख डोज फाइजर खोप १२ वर्षमाथिका दीर्घ रोगीहरूलाई लगाइएको थियो।

दीर्घ रोगीहरूलाई लगाइसकेपछि बाँकी केही खोप आइतबारबाट १२ वर्षमाथिका बालबालिकालाई लगाउन थालिएको हो। अमेरिकाले दिएको १ लाख डोज खोपमध्ये अब, थोरै बाँकी रहेको र लगभग आज नै लगाएर सकिने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले बताएका छन्।

'बचेको केही खोप छ त्यो १२ देखि १७ वर्षसम्मका जोसुकै बालबालिकालाई लगाउने भनेको हो। आज नै लगाएर सकिन्छ होला,' प्रमुख दाहालले भने।

अमेरिकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई १ लाख ६२० डोज फाइजर खोप उपलब्ध गराएको थियो। सो खोप काठमाडौँ उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकी गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ