arrow

कानून व्यवसायीले देशभर इजलास बहिष्कार गरेकै दिन प्रधानन्यायाधीशले तोके ११ वटा इजलास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
supreme-court-long.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबारका लागि ११ वटा इजलास तोकेका छन् ।

कानून व्यवसायीहरुले आइतबारबाट नयाँ चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेर देशब्यापी इजलास बहिष्कार गर्ने तयारी गरिरहेका बेला जबराले आफूबाहेकका इजलास तोकेका हुन् ।

आइतबारका लागि संयुक्त र एकल दुवै इजलास तोकिएको छ भने सबै प्रकृतिका मुद्दा पेशीमा चढेका छन् ।

जबराको राजीनामा माग र प्रहरीको दमनविरुद्ध बार एसोसिएसनले देशभर बन्दी प्रत्यक्षीकरणबाहेकमा मुद्दामा बहस पैरवी नगर्ने घोषणा गरिसकेको छ । राजीनामालाई प्रमुख बटमलाइन बनाएको नेपाल बारले शुक्रबारसम्मका लागि तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ