arrow

कांग्रेस नवलपुर क्षेत्र नं १ मा कोइराला र पौडेल समूहबीच कडा प्रतिस्पर्धा

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ मंसिर ५ आइतबार
kamal amrit.jpg

कावासोती । नेपाली कांग्रेस नवलपुरमा चार वटा  प्रदेश सभा निर्वाचन क्षेत्रको मत परिणाम आएसँगै संघिय निर्वाचन क्षेत्रको जोडघटाउ शुरु भएको छ । महामन्त्री शशांक कोइरालाको निवार्चन क्षेत्र रहेको संघीय निर्वाचन क्षेत्र नं १ मा महामन्त्री कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

मंसिर ६ र ७ गते हुने संघिय निर्वाचन क्षेत्रको अधिवेशनमा महामन्त्री कोइराला समूहबाट कमलप्रसाद पराजुली र वरिष्ठ नेता  रामचन्द्र पौडेल निकट नेता महेन्द्रध्वज जिसी समूहबाट अमृत भट्टचनले उम्मेदवारी दिने घोषणा गरेर चुनाव प्रचारप्रसारलाई तिब्रता दिएका छन् । 

कुल मतदाता १ हजार १ सय ६२ रहेको क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र क मा पौडेल समूहका गोपालप्रसाद सापकोटाले कोइराला समूहका उम्मेदवार तारापति खरेललाई ८२ मत अन्तरले हराउँदा  प्रदेश सभा निर्वाचन क्षेत्र ख मा कोइराला समूहका उम्मेदवार हेमप्रसाद पाण्डेले पौडेल समूहका उम्मेदवार प्रदीपराज घिमिरेलाई १०९ मत अन्तरले पराजित गरेका छन् । 

दुवै प्रदेश सभा निर्वाचन क्षेत्रका सभापतिका उम्मेदवारले पाएको मत हेर्दा क्षेत्र नं १ मा कोइराला समूह २७ मतले मात्रै अगाडी देखिएको छ ।

हाम्राकुरासँगको कुराकानीमा कोइराला समूहबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका कमलप्रसाद पराजुलीले प्रदेश सभामा देखिएको मतान्तर बढाउने र आफू विजयी हुने दाबी गरे ।

पराजुलीले जित्ने दाबी गरिरहँदा पौडेल समूह भने जसरी पनि क्षेत्रमा आफ्नो समूहलाई जिताउने गरेर तयारी गरेको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ