arrow

प्रधानन्यायाधीश जबराले आफूबाहेक तोके १२ वटा इजलास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
supreme-court-long.jpg

काठमाडौं । सर्वोच्च अदालत परिसरमा आन्दोलन चलिरहे पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि १२ वटा इजलासमा पेसी तोकेका छन् ।

जबराले चार सय ५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोकेका हुन् । उनले आफूलाई भने इजलास राखेका छैनन् ।

प्रधानन्यायधीश जबराले सोमबारका लागि ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास समेत गठन गरेका छन् । यता, जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सोमबार पनि सर्बोच्च अदालत परिसरमा धर्ना दिएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ