arrow

प्रधानन्यायाधीश जबराले तोके १० वटा इजलास, फुलकोर्ट बसेर गोलाप्रथा लागू गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
supreme-court-long.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा मंगलबारका लागि १० वटा इजलास तोकेका छन्। जबराले आफूलाई भने पेसी तोकेका छैनन्।

मंगलबारका लागि नौं संयुक्तसहित एक एकल इजलास तोकिएको छ भने बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेसी तोकिएको छ।

नियमावली राजपत्रमा प्रकाशितसँगै गोलाप्रथाबाट इजलास तोकिने भनिएको भएपनि प्रधानन्यायाधीश जबराले मंगलबारका लागि इजलास तोकेका हुन् ।

सर्वोच्चको फुलकोर्टले पारित गरेको नियमावली अब फुलकोर्ट बसेर गोलाप्रथा लागू गर्न मिति तोक्ने छ । जबराविरुद्ध आन्दोलन गर्दै आएका न्यायाधीशहरुले तत्काल उनको पेसी तोक्ने अधिकार कटौती हुनुपर्ने माग राखेका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ