arrow

कानून व्यवसायीहरुको आन्दोलन जारी, वालुवाटारमा ‘मार्चपास’को तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
nepal-bar-andolan-final.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध मंगलबार पनि कानून व्यवसायीहरुले प्रदर्शन जारी राखेका छन् ।

नेपाल बार एसोसिएसनले मंगलबार अन्तिम म्यादका बाहेक कुनैपनि अदालत र न्यायधिकरणहरुमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रीट, लिखित जवाफ, बहस केही पनि दर्ता नगर्ने र नगराउने कार्यक्रम सार्वजनिक गरेका थिए ।

सोही अनुसार उनीहरुले सर्वोच्च अदालत परिसरमा धर्ना दिएका हुन् । त्यस्तै नेपाल बार र नागरिक समाजले विहीबार सर्वोच्च अदालतदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गर्ने गर्ने भएका छन् । दिउँसो २ वजे बालुवाटार मार्च पास गर्ने उनीहरुको तयारी छ । 

साथै बुधबार देशभरका १८ वटा उच्च अदालत र उच्च अदालतमा रहेका इजलासमा कानून व्यवसायीहरुको बृहत उपस्थितिमा विरोध कार्यक्रम गर्ने घोषण गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ