arrow

तीन दिन नबित्दै राजेन्द्र बजगाँईको अर्को पूण्य कर्म : हृदयघात भएर ढलेका नेताको तत्कालै उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
rajendra-bajghain-new.jpg

काठमाडौं । शनिबार मात्र करेन्ट लागेर ढलेका गोरखाका एक व्यक्तिलाई हेलिकोप्टरबाट उद्धार गरेका कांग्रेस नेता एवम व्यवसायी राजेन्द्र बजगाँईले मंगलबार फेरि हृदयघात भएर अचेत भएका एक कांग्रेस नेताको उद्धार गरेका छन् ।

‘आपतकालका साथी’को पहिचान बनाउँदै गएका बजगाँईले मंगलबार गोरखाका पुराना कांग्रेस नेता एवम महाधिवेशन प्रतिनिधि फणिन्द्र भट्टलाई हेलिकोप्टरमार्फत नै गोरखाबाट 

उद्धार गरेर काठमाडौं झिकाएका हुन् । ‘उहाँलाई एक्कासी हृदयघात भएको खबर आयो । मैंले तुरुन्त हेलिकोप्टर पठाएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको व्यवस्था मिलाएको हुँ । उहाँको स्वास्थ्य क्रमिक सुधार हुँदै गएको छ ।’

‘धर्म गर्छु तर मेरो पछि पछि शत्रु लागिरहन्छन । तर मेरो कर्म छाड्दिन, सकेको सहयोग गर्छु’ उनले भने,‘आपतकालमा १०० मा फोन गर्दा वा पश्चिमा मुलुकमा ९९९ फोन गर्दा हुने सेवा जस्तो बनेको छु । शत्रुहरु सेवा नै गर्दा पनि अतालिन्छन् । कृत्रिम धब्बा लगाउँछन् । तर म जब कसैको उद्धार गर्छु र मान्छेहरु बाँच्छन त्यो पल भन्दा खुशीको पल अरु हुनै सक्दैन ।’

पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका बजगाँईको समन्वयमा गोरखाको आरुघाट गाउँपालिका-१ का ४० बर्षीय लाटा गुरुङको होलिकोप्टरमार्फत नै उद्धार गरेका थिए ।  नजिकै घाँस काट्न रुखमा चढेका बेला अव्यवस्थित रुपमा टाँगिएको तारबाट करेन्ट लागेर गुरुङ ढलेका थिए ।

आपतकालमा बजगाँईले देखाएको सक्रियताप्रति नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपाने गर्व गर्छन । उनी भन्छन्,‘गोरखाका लागि उहाँ दुःख र आपतकालका साथी हुनुहुन्छ । उहाँले कसैबाट पैसा उठाएर होइन आफ्नै खल्तीबाट खर्च झिकेर दर्जनौं पीडितको ज्यान बचाउनु भएको छ ।’ मंगलबार दिउँसो हृदयघात भएका भट्टको उपचारका लागि पनि बजगाँईले समन्वय गरिरहेका छन् ।

राजेन्द्र बजगाँई ‘आपतकालका साथी’: करेन्ट लागेर ढलेका लाटा गुरुङको यसरी भयो उद्धार 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ