arrow

साइकलसहित पुलबाट खोलामा खसेर नरबहादुरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
narbahadur kumal.jpeg

नवलपुर । कावासोतीको लोकाहा खोलाको पुलबाट खसेर एक व्यक्तिको ज्यान गएको छ ।

मृत्यु हुनेमा नवलपुर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षका नरबहादुर कुमाल रहेका छन् ।

मंगलबार दिउसो साइकलमा यात्रा गर्दै गर्दा उनी साइकलसहित पुलबाट खोलामा खसेको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि मध्यविन्दु अस्पतालमा पुर्याइए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

उनी पुलबाट कसरी खसे भन्ने बिषयमा प्रहरी अनुसन्धानमा रहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ