दोस्रो मासिक लक्की ड्र मा प्रसन्ना राजभण्डारी विजयी
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
362
Shares
काठमाडौँ। नेपाली बजारलाई लक्षित गर्दै ब्लाक्क प्लस डेक्करले यस वर्ष दसैँ–तिहार लक्की स्क्र्याच योजनाका साथै मासिक र बम्पर लक्की ड्र अफर योजना ल्याएको छ।
लक्की स्क्र्याच योजना अन्तर्गत ब्लाक्क प्लस डेक्कर ब्रान्डका कुनै पनि सामानको खरिदमा उपभोक्ताले एउटा स्क्र्याच कार्ड पाउनेछ, जुनमा हात खाली नजाने रु १,००,००० सम्मका आकर्षक क्यास प्राईज तुरुन्त प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
मासिक र बम्पर लक्की ड्र योजना अन्तर्गत मासिक उपहारहरूमा ब्लाक्क प्लस डेक्करको ओएफआर ओएल हिटर र ओटीजी ओवन जित्न सकिनेछ भने बम्पर लक्की ड्रमा एलजीको ९ केजी फ्रन्टलोड वाशिङ मेसिन जित्न सकिने छ।
सोही योजनाको दोस्रो मासिक लक्की ड्र मङ्सिर ६ गते ब्लाक्क प्लस डेक्कर ब्रान्डको आधिकारिक फेसबुक पेज मार्फत लाइभ घोषणा गरिएको थियो। यस दोस्रो मासिक लक्की ड्रको विजेता खोटाङका प्रसन्ना राजभण्डारी भएका छन्। भण्डारीले ब्लाक्क प्लस डेक्करको ओएफआर हिटर जितेका छन्।
ब्लाक्क प्लस डेक्करको दसैँ–तिहार लक्की स्क्र्याच योजनाका साथै बम्पर लक्की ड्र अफर अन्तर्गत एलजीको ९ केजी फ्रन्टलोड वाशिङ मेसिनको भाग्यशाली विजेता घोषणा गर्न बाँकी नै छ। यस योजनामा सहभागी हुनका लागि ब्लाक्क प्लस डेक्करको सामान खरिद गरी वारेन्टी कार्डको अर्धकट्टीमा आफ्नो पूर्ण विवरण भर्नु पर्नेछ।
कम्पनीले यो योजना असोज १५ २०७८ देखि सीमित अवधिका लागि लागू गरिएको छ। ब्लाक्क प्लस डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ।