arrow

प्रधानन्यायाधीश जबराविरुद्ध आज ‘मार्चपास’ गरिदै, आजै फुलकोर्ट बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
supreme-court-long.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा रहेका कानून व्यवसायीहरुले नागरिक समाजसँग मिलेर आज विहीबार सर्वोच्च अदालत देखि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारसम्म ‘मार्चपास’ गर्दैछन् ।

नेपाल बार एसोसिएसनलगायत विभिन्न पेसागत संगठनको सहभागितामा दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरिने लागेको हो ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्ध हुने मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणलाई सहभागिताका लागि आब्हान गरेका छन् ।

तर यता सर्वोच्चमा भने आजकै लागि फुलकोर्ट अर्थात पूर्ण बैठक बस्ने तयारी भइरहेको छ । प्रधानन्यायाधीश जबराबाहेकका न्यायाधीशहरुबीच बुधबार भएको छलफलले विहीबार १ बजेका लागि पूर्ण बैठक बस्ने विषयमा छलफल भएको थियो ।

विहीबारको बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्नेछ । यसअघि न्यायाधीशहरुको बैठकले आउँदो १५ गतेदेखि गोलाप्रथाबाट इजलास गठन गर्ने निर्णय गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ