arrow

अहिले नै हामी अन्य पार्टीसँग एकता गर्दैनौँ : नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
madhav-kumar-nepal-media-brief.jpg

कर्णाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीसँग एकता नगर्ने बताएका छन् । सुर्खेत पुगेका नेपालले भने अहिले नै हामी अन्य पार्टीसँग एकता गर्दैनौँ ।  

तत्काल कुनै पार्टीसँग एकता नहुने र पार्टी सङ्गठन निर्माणलाई पहिलो प्राथमिकता राख्ने भन्दै उनले भने, “अन्य पार्टीबाट आउन चाहनेका लागि वार्ता र छलफल भइरहेको छ तर अहिले नै हामी अन्य पार्टीसँग एकता गर्दैनौँ ।” 

उनले एमाले विकृति, विसङ्गति, व्यक्तिवाद र गुटबन्दीमा लिप्त भएकाले आन्दोलन रक्षाका लागि विद्रोह गर्नुपरेको बताए ।  एमालेले भोलिदेखि चितवनमा हुन लागेको दशौँ महाधिवेशनमा अतिथि वक्ताका रूपमा बोलाएन, तपाईँको सन्देश के छ ? भन्ने प्रश्नमा उनले भने, “नजाने बाटोका बारेमा नसोधेकै राम्रो ।” 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि उचित निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ