arrow

कांग्रेस नेता जोशीद्धारा पत्रकार महासंघ उपत्यका प्रदेशलाई आर्थिक सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
FNJ-Ktm7.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता राजुराज जोशीले नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिलाई कार्यालय प्रयोजनार्थ आर्थिक सहयोग गरेका छन् ।

जोशीले बिहीबार समितिका अध्यक्ष श्रीजन झालाई कार्यालय प्रयोजनार्थ भौतिक समाग्री खरिदका लागि नगद २० हजार सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै जोशीले मुलुकको हरेक कालखण्डमा भएका परिवर्तकारी आन्दोलनमा पत्रकार र पत्रकारिता जगतले निर्वाह गर्दै आएको भूमिका महत्वपूर्ण रहेको बताए ।

पत्रकारिता क्षेत्रको योगदानकै कारण राजनीतिसमेत विचलित हुन नपाएको भन्दै उनले राजनीतिज्ञहरुलाई समेत यो क्षेत्रको निरन्तर खबरदारी आवश्यक रहेको औंल्याए । कार्यक्रममार्फत नै उनले नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत बागमती प्रदेश सभाको लागि सभापतिमा उम्मेदवारी दिनेसमेत बताए ।

कार्यक्रममा लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय संजालका अध्यक्ष दामोदरप्रसाद दवाडीले महासंघको उपत्यका प्रदेश समितिको सक्रियताको प्रसंशा गर्दै स्वरोजगारमूलक संचार माध्यमका पक्षमा निरन्तर लाग्न सुझाए ।  उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झाले सहयोगका लागि जोशीलाई धन्यवाद दिंदै कार्यालयको व्यवस्थापनमा प्राप्त रकमलाई प्रयोग गर्ने बताए ।

मुलुक संघीय संरचनामा गएसंगै अस्तित्वमा आएको महासंघको प्रादेशिक संरचना अन्तर्गत करिव ७० प्रतिशत भन्दा क्रियाशील पत्रकारहरुको पेशागत कार्यथलो रहेको काठमाडौं उपत्यकामा उपत्यका प्रदेश समितिमा उपत्यकाका दुइ हजार पाँच सय भन्दा बढि पत्रकार सदस्यहरु आवद्ध छन । कार्यक्रममा समितिका महासचिव टेनिस रोका लगायत पदाधिकारी र कार्य समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ