arrow

नेपाली सेनालाई भारतीय सेनाले दियो वर्कशप ट्रकहरु उपहारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
nepal-india-army-helps.jpg

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालई टाटा एलपीटीए १६२८ वर्कशप ट्रकहरु उपहारमा दिएको छ । टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई शुक्रबार एलपीटीए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान गरेको हो । 

भारतका रक्षा सहचारी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट उक्त वर्कशप ट्रकहरु नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई हस्तान्तरण गरेका हुन् । कम्प्याक्ट मोबाइल वर्कशपको रुपमा काम गर्ने यी वर्कशप ट्रकहरुले नेपाली सेनाको सवारी साधनको सहज र निर्वाध कार्यक्षमता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । 

प्रधानसेनापति प्रभुराम शर्माले हालै भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरी स्वदेश फर्किए पश्चात ती ट्रकहरु उपहारस्वरुप प्रदान गरिएको हो । रक्षा सहकार्य अन्तर्गत उपलब्ध गराइने यस्ता सैन्य सामग्रीले भारतीय सेना र नेपाली सेनाबीच रहेको गहिरो तथा बलियो सम्बन्धलाई थप मजबुद गर्ने विश्वास लिइएको छ । 

यो सैन्य सम्बन्धले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पनि मद्दत गर्ने अपेक्षा गरिएको छ । भारत सरकारको तर्फबाट भारतीय सेनाले नेपाली सेनालाई अझ सशक्त एवम् आधुनिक बनाउन उसले गरेका प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ