arrow

पर्वत कांग्रेसको सभापतिमा युवराज जोशी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
Yubraj joshi parbat.jpg

पर्वत । नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन् ।

उनले ५१ दशमलब ५ प्रतिशत अर्थात कूल खसेको ११ सय ८६ मतमध्ये जोशीले ६०९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी यामबहादुर मल्ल (रामकृष्ण) ले ४४९ र मिलन पौडेलले ९६ मत प्राप्त गरे ।

नेपाली कांग्रेसको विधानुसार सभापतिमा निर्वाचित हुनका लागि ५१ प्रतिशत ल्याउनुपर्ने प्रावधान छ । 

निर्वाचित कार्यसमितिमा जोशी समूहकै प्यानल  विजयी भएको छ । जसअनुसार उपसभापतिमा डा. चुडामणि शर्मा, र शिवप्रसाद सुवेदी निर्वाचित भए ।

यस्तै, सचिवमा अशोक उच्चै ठकुरी र गुप्तनिधि शर्मा विजयी भए भने सहसचिवमा अच्यूत तिवारी र तलक भूसाल विजयी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ