arrow

मुद्दा फिर्ता र राजबन्दी मुक्त नभए २० लाख मानिस सडकमा आउने छन् – महन्थ ठाकुर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
mahata-thakur-675.jpg

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले आफ्ना दलका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिन आग्रह गरेका छन् । उनले मुद्दा फिर्ता र राजबन्दीहरु मुक्त हुने विश्वास व्यक्त गर्दै नभए फेरि पनि २० लाख मानिस सडकमा आउने दाबी गरे । 

प्रदेश सभाका सांसदहरु जेलमा रहेको भन्दै त्यस सम्बन्धमा वर्तमान प्रधानमन्त्रीसँग आफ्ना माग मुद्दा खासगरी नागरिकता र जेलमा बसेका हरुको विषयमा राजबन्दीहरुलाई छोड्ने र मुद्दाफिर्ता लिनेकाम पूर्णरुपमा हुन नसकेको उनले बताएका छन् । 

उनले नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधनमा मन्तब्य राख्दै उनले नेकपा एमालेलाई पहिला भन्दा पनि मजबुत पार्टी बनोस् भन्दै शुभकामना दिएका छन् ।

उनले एमालेलाई जुन उचाइमा पुगेको थियो त्यो भन्दा पनि आकास जस्तै उचाइमा पुगोस भन्दै शुभकामना दिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ