arrow

कांग्रेस नवलपुरका सभापति लामिछानेले गण्डकी प्रदेशको महामन्त्रीमा उम्मेदवारी दिने

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ मंसिर १२ आइतबार
128645769_663502907859902_8688132930321638320_n.jpg

कावासोती । नेपाली कांग्रेस नवलपुरका सभापति विष्णुप्रसाद लामिछानेले गण्डकी प्रदेशको महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेसको आसन्न १४ औँ महाभिवेशन अन्तर्गत यही मंसिर १६ र १७ गते हुने प्रदेश अधिवेशनमा दिने गण्डकी प्रदेशको महामन्त्रीमा उम्मेदवारी दिने हाम्राकुरासँगको कुराकानीमा लामिछानेले बताए ।

“सङ्गठनलाई चुस्त दुरुस्त राख्दै गुटउपगुटबाट पार्टीलाई बचाउन महामन्त्रीमा मेरो उम्मेद्बारी रहन्छ”, लामिछानेले भने । कांग्रेसको सङ्गठनलाई चलायमान गराउन, वीपी विचारलाई स्थापित गर्न र पार्टीभित्र संघीयताको मर्म स्थापित गर्न आफूले उम्मेदवारी दिने लामिछानेले बताए ।

नवलपुरको पहाडी क्षेत्रमा जन्मिएका लामिछानेले नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका थिए । वि.सं. २०४८ मा नेपाली कांग्रेस नवलपरासीको कार्यालय सचिव, २०५१ बाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला कार्यसमिति सदस्य, कांग्रेसको १२ औँ महाधिवेशनबाट जिल्ला सचिव र १३ औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित लामिछाने गण्डकी प्रदेश सभाका विधायन समितिका सभापतिसमेत हुन् । उनी २०७४ को निर्वाचनबाट नेकपाका किसन शर्मा गैरेलाई पराजित गर्दै प्रदेश सभा सदस्य बनेका थिए ।

लामिछाने नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला निकट मानिन्छन् ।


 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ