arrow

बस दुर्घटनामा पाँच जनाको मृत्यु, २५ बढी घाइतेमध्ये तीन गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
accident-final-1618290232.jpg

जाजरकोट । जाजरकोटमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बिहान २ः३० बजेतिर बाँकेको नेपालगञ्जदेखि जाजरकोटको हुँदै रुकुम राडिबजार गइरहेको ना६ख २७५७ नम्बरको बस जाजरकोटको भेरी नगरपालिका १३  कुदुमा दुर्घटनामा परेको थियो । 

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका ९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीय गंगाराम यादवको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ । 

दुर्घटनामा २५ बढी घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज पठाउने तयारी भइरहेको जिल्ला प्रहरीले बताएको छ । बस दुर्घटनाको कारण खुलेको छैन । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ