arrow

राप्रपाका मोहन श्रेष्ठले छाडे कमल थापाको साथ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
mohan-shrestha-rpp.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मोहन श्रेष्ठले अध्यक्ष कमल थापाको साथ छाडेका छन् । राप्रपाको भोलिदेखि एकता महाधिवेशन हुँदै गर्दा अन्तिम समयमा श्रेष्ठले थापाको साथ छाडेका हुन् । 

अध्यक्षमा थापाले पुनः दोहोरिने भन्दै उम्मेदवारी घोषणा गरेका छन् । उनलाई काउन्टर दिन राप्रपाका एकमात्र सांसद राजेन्द्र लिङदेनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । 

समीकरण बदलिँदै गर्दा थापालाई अर्का अध्यक्ष पशुपति शमशेर राणाले साथ दिएका छन् भने अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले लिङदेनलाई साथ दिएका छन् । 

लिङ्देन कुनै समय थापाका दाहिने थिए । अहिले उनीविरुद्ध नै मैदानमा छन् । त्यसैगरी लिङ्देनलाई धवल शमशेर जबराले पनि साथ दिएका छन् । जबरा महामन्त्रीमा उठ्दै छन् । 

मोहन श्रेष्ठले पनि थापालाई छाडेर लिङ्देनलाई साथ दिन गएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ