arrow

राप्रपाको एकता महाधिवेशन आजबाट शुरु हुँदै, अध्यक्षका लागि थापा र लिङ्देन मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
raprapa-AGM-KTM.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशन आज बुधबारदेखि काठमाडौंमा शुरु हुँदैछ । आज ११ः३० बजे भृकुटीमण्डमा उदघाटनको कार्यक्रम तय गरिएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा करिब चार हजार चारसय प्रतिनिधि सहभाभी हुँदैछन् । कुल १ सय ९९ सदस्य कार्य समितिका लागि अध्यक्षसहित १ सय ४७ जनाको प्रत्यक्ष निर्वाचन हुँदैछ । तीन राप्रपा एक भएपछि यो महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ ।

आगामी कार्यकालको नेतृत्वका लागि बतृमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । अध्यक्ष थापाले सोमबार मात्रै राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममार्फत पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
यस्तै लिङ्देनले भने केही दिन अघि नै जमलस्थित एल्लो प्यागोडा होटलमा पत्रकारसम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ