arrow

राप्रपाको महाधिवेशनमा चुनावी प्रक्रिया शुरु, अध्यक्षमा थापा र लिङ्देन भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
raprapa-AGM-KTM.jpg

काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महाधिवेशनले आज विहीबारबाट चुनावी प्रक्रिया शुरु गर्दैछ ।

नयाँ नेतृत्वका लागि आज बिहीबारबाट चुनावी प्रक्रिया शुरु हुन लागेको हो । बुधबार भृकुटीमण्डपमा उदघाटन गरिएको अधिवेशनको बन्द सत्र शुरु भइसकेकाले आज नेतृत्व चयनको प्रक्रिया अघि बढने सचिवालयले जनाएको छ ।

राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री निर्वाचित हुनेछन् । निर्वाचित अध्यक्षले केही पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रावधान राप्रपाको विधानमा छ ।

अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ