arrow

दीपककुमार कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिन सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
supreme-court-long.jpg

काठमाडौं । आन्दोलनरत कानून व्यवसायीहरुले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी लिन वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीमाथि दबाब बढाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विदामा रहेको चार दिन भइसकेकाले प्रधानन्यायाधीशको जिम्मेवारी लिन कार्कीलाई सुझाव दिएका हुन ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतमा तत्काल कायममुकायम प्रधानन्यायाधीश तोक्न माग गरे । विहीबार सर्वोच्च अदालतका न्यायाधीशहरुसँगको छलफलका क्रममा श्रेष्ठले प्रधान्यायाधीशबिनाको सर्वोच्च हुनै नसक्ने भन्दै कार्कीलाई जिम्मेवारी लिन सुझाव समेत दिए ।

न्यायाधीशहरुले संविधानको धारा १२९ (६)बमोजिम वरिष्ठतम् न्यायाधीशले नेतृत्व लिन सुझाव दिंदै आएका छन् । यता विहीबार विहान बसेको सत्तारुढ पाँच दलीय गठबन्धनले प्रधानन्यायधीश जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ ।

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश जबरा पनि बिरामी परेकाले तत्काल कार्यबाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् ।

तर, कोरोना संक्रमण भएर अस्पतालमा रहेका जबराले भने आफू विदामा नबस्ने र कार्यवहाक प्रधानन्यायाधीश पनि नतोक्ने भनेर सन्देश पठाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । सर्वोच्च अदालतमा लागू हुने भनिएको गोलाप्रथा प्रणालीबाट पेसी तोक्ने काम भने जबरा अनुपस्थित हुँदा शुरु हुन सकेको छैन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ