arrow

सीमा नाकामै कोरोना खोप, पूरा खोप नलगाएकालाई प्रवेश निषेध

logo
प्रकाश चन्द्र भट्ट, 
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
corona-vaccine-darchula-nak.jpg

दार्चुला । स्वास्थ्य कार्यालय दार्चुलाले नेपाल–भारत सीमा क्षेत्रमै कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरेको छ । बुधबारदेखि नेपाल–भारत जोड्ने खलंगा पुलघाटमा नियमित कोरोना विरुद्धको खोप लगाउन थालिएको हो । 

जिल्लामा मौज्दात खोपलाई सीमानाकामै नियमित खोप सेवा संचालन गरेर लगाइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए । उनले भने, ‘खोप लगाउन बाँकी लक्षित समूह र पहिलो तथा दोस्रो डोज सीमामै दिइरहेका छौं ।’

खोप केन्द्रमार्फत कोरोनाविरुद्धको एष्ट्राजेनिका र भेरोसेलको खोप लगाइँदै छ । खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । 

सीमामा संचालित खोप केन्द्रका बलबहादुर लोहारका अनुसार नियमित खोप सेवा अन्तर्गत ५२ जनालाई खोप लगाइएको छ ।

दुवै डोज लगाइएकालाई मात्रै प्रवेश दिइने
अफ्रिकी मुलुकमा पहिचान गरिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि फैलन सक्ने भन्दै भारतसँग सीमा जोडिएका नाकाहरुमा कडाइ गरिएको छ । 

कोरोनाको नयाँ भेरियन्ट नेपालमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गरी कोरोना विरुद्धको दुवै खोप लगाइएकालाई मात्रै नेपाल प्रवेश दिने जनाएको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सबै सचेत बनस् जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न सूचनामार्फत आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ