arrow

न्यायाधीशहरु आफैंले गोला तानेर तोके ११ वटा पेसी, प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
supreme-court-long.jpg

काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार गोलाप्रथाबाट पेसी तोकिएको छ । प्रधानन्यायाधीश विदामा रहेको र कामू प्रधानन्यायाधीश नतोकिएकै अवस्थामा पेसी तोकिएको हो ।

न्यायाधीशहरु आफैंले गोला तानेर ११ वटा पेसी तोकेका छन् । तर विगत दुई दिनदेखि गोला प्रणालीबाट पेसी तोकिँदै आएपनि सबैखाले मुद्दाको नियमित सुनुवाइ हुन भने सकेको छैन ।

यता, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्यमा सुधार देखिएकाले डिस्चार्ज गरिएको हो ।

कोरोना संक्रमणपछि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु भर्ना भएका जबरा शुक्रबार बिहान डिस्चार्ज भएका हुन् । जबरा चार दिनअघि १२ मंसिरमा अस्पताल भर्ना भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ