arrow

म्याग्दी सभापति भन्छन्- कांग्रेसमा युवाहरू उर्लेर आएका छन्, यो चुनावमा पार्टी अगाडि आउँछ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
khambahadur.png

काठमाडौं । नेपाली कांग्रेस म्याग्दी सभापतिमा दोस्रो पटक सर्वसम्मत निर्वाचित खमबहादुर गर्बुजाले कांग्रेस फेरि पहिलो पार्टी हुने दाबी गरेका छन् । यसअघिको निर्वाचनमा समेत नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन नभएको भए आफू झण्डै ७ हजार मतले अघि रहेको सभापति गर्बुजाले दाबी गरेका हुन् ।

जिल्ला सभापतिमा दोस्रो पटक निर्वाचित नेता गर्बुजाले अहिले कांग्रेसमा युवाहरूको आकर्षणसमेत बढेको बताएका छन् । हरेक वडा एवं स्थानीय तहबाट कांग्रेसमा युवाहरूले प्रवेश गरिरहेको उनको दाबी छ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनमा निर्वाचित गर्बुजासँग हाम्राकुराले लिएको अन्तर्वार्ता लिएको छ । सोही अन्तर्वार्तामा बोल्दै जिल्ला सभापति गर्बुजाले अबको चुनावमा म्याग्दीमा कांग्रेस पार्टी अगाडि आउने दाबी गरेका हुन् ।

यस्तो छ कुराकानी–
सभापतिमा दोस्रो पटक पनि निर्वाचित भएपछि अब कांग्रेसलाई कसरी अगाडि बढाउने र विस्तार गर्ने तयारीमा हुनुहुन्छ ?

पहिलो त म्याग्दी कांग्रेसलाई नै सङ्गठनका लागि एक नम्बर प्रायोरोटी (प्राथमिकता) हो। सङ्गठन भइसकेपछि कसरी सत्तामा पुगेर कसरी विकास गर्ने भन्ने हो भन्ने दोस्रो कुरा हो। सङ्गठन बलियो भएपछि चुनाव जितिन्छ। चुनाव जितेपछि जनताको सेवा पनि गर्ने र जनताको लागि विकास पनि गर्ने ।

चुनाव जित्न म्याग्दीको हकमा कस्तो छ कांग्रेसको माहौल ?

कांग्रेसको माहौल पहिला भन्दा धेरै राम्रो छ। यो भन्दा अगाडि ७४ सालको आम निर्वाचनमा पनि यी कम्युनिष्ट साथीहरू एक नभएको भए । शतप्रतिशत मलाई ५-७ हजार मतले जिताएको जनताले । अहिले चाहिँ पहिलेको राजनीतिका तुलनामा धेरै राम्रो छ ।

हरेक वडा हरेक टोलबाट युवाहरू चाहिँ एकदम उर्लेर आएको छ कांग्रेसमा । त्यसै कारणले मलाई विश्वास छ मलाई सय प्रतिशत विश्वास छ कांग्रेस पार्टी नै अगाडि आउँछ । इभन प्रदेशको चुनाव होस् सङ्घको चुनावमा भन्ने मलाई विश्वास लागेको छ। 

कांग्रेसको केन्द्रीय महाधिवेशन आउनै लागिसकेको छ, नेतृत्वको विषयमा के छ तपाइको विचार ?

नेतृत्वको विषयमा ठीकै छ । टाउकोमा चाहिँ यसो भन्न सकिन्न । नत्र तलको त हाम्रो चाहना चाहिँ पहिलेदेखि म्याग्दी कांग्रेसले चाहिँ देशलाई कुन नेताले बनाउन सक्छ । विपक्षी दलको नेतासँग कुन नेताले प्रतिकार गर्न सक्छ। त्यस्तो नेतालाई छानेर हाल्ने गरेका छन् । तर मेन मेन पोस्टमा चाहिँ अलिकति त्यो कता कता गन्ध पनि आउँछ। टाउकोमा त शतप्रतिशत नै हो, पूर्ण हो। त्यो भन्दा तलको पदाधिकारीबाहेक अरू त आफ्नो पार्टीमा चाहिने नेता आफ्नो देशमा चाहिने नेतालाई नै छुटाउँदैनन् म्याग्दीको हकमा । 

केन्द्रको परिवर्तनबारे के भन्नुहुन्छ ? 

अब एउटा दुइटा त हुने नै भो। तर केन्द्रीय नेतालाई गाली गर्ने चेन्ज हुनुपर्छ भन्ने छैन । किनकि पहिला त हामी आफै सुध्रिनु पर्यो।

कांग्रेसको महाधिवेशनपछि आम निर्वाचन पनि आउँदै छ । महाधिवेशनको नेतृत्व चयनले चुनावमा कस्तो प्रभाव पार्ला र कांग्रेसलाई पहिलो पार्टी बनाउन कुन रणनीति अपनाउनु पर्ला ?

मलाइ लाग्छ डेमोक्रेटिक पद्धतिबाट यसरी नेतृत्व चयन हुनुले एकदम राम्रो सकारात्मक प्रभाव पार्छ। 

म्याग्दीमा कांग्रेस बलियो बनाइ राख्नु भएको छ त्यसो भए ?

हो । हो मैले त पहिला पनि भनेको थिएँ नफुट्नुस् अझ एक चोटि तपाईसँग कांग्रेस एक्लै लड्छ। कम्युनिष्टका साथीहरू नफुट्नुस् भनेर पहिला म पनि बोलेको थिएँ विरोध सभामा । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ