arrow

नेपालका अनलाइन मिडिया

नेपालमा रहेका अनलाइनमध्ये ६० प्रतिशत बढी उपत्यकामा

२,९९९ अनलाइनमध्ये उपत्यकामा नै १,८५७

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
press-council-nepal.jpg

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका अनलाइन सञ्चारमाध्यममध्ये ६० प्रतिशत भन्दा बढी काठमाडौं उपत्यकामा आधारित रहेका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रेस काउन्सिल नेपालले यस्तो जानकारी दिएको हो ।

नेपालमा अनलाइन समाचार पोर्टल सञ्चालन गर्न प्रेस काउन्सिलमा दर्ता हुनुपर्ने प्रावधान रहेको छ । यसै अनुसार काउन्सिलमा आबद्ध रहेका अनलाइन सञ्चारमाध्यमको सङ्ख्या हाल २ हजार ९ सय ९९ रहेको काउन्सिलले जानकारी दिएको छ । २ हजार ९ सय ९९ मध्ये काठमाडौं उपत्यकामै १ हजार ८ सय ५७ (६१.९२ प्रतिशत) अनलाइन रहेको तथ्याङ्क काउन्सिलले सार्वजनिक गरेको हो ।

काउन्सिलका अनुसार उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंमध्ये काठमाडौंमै १ हजार ६ सय ४५ अनलाइन रहेका छन् । यसबाट नेपालमा सञ्चालनमा रहेका अनलाइनमध्ये ५४.८५ प्रतिशत अनलाइन काठमाडौं जिल्लामा आधारित रहेको देखिन्छ ।

यस्तै उपत्यकामा सञ्चालनमा रहेका कुल पत्रिकाको सङ्ख्या २ हजार २ सय ४५ रहेको काउन्सिलको तथ्याङ्क छ । ती मध्ये काठमाडौं जिल्लामा मात्रै २ हजार पत्रिका रहेका छन् । 

खास गरी बाहिर दर्ता हुनासाथ स्थानीय र प्रादेशिक सञ्चारमाध्यम बुझिने भएका कारण पनि उपत्यकामा दर्ता हुनेको सङ्ख्या बढी रहेको काउन्सिलको बुझाइ छ ।

यसका साथै केन्द्रीय राजधानी र फराकिलो ठाउँ भएका कारणले समेत उपत्यकामा बढी सञ्चारमाध्यम आधारित रहेको काउन्सिलको भनाइ छ ।

प्रविधिको पहुँच, बढी जसो राष्ट्रिय अन्तर्राष्ट्रिय अवसर, पत्रकारहरूका लागि कम जोखिम र कम चुनौती, अवसर बढी र तस्कर, फाहा र माफियाहरूबाट सुरक्षित हुन सकिने भएका कारणले पनि उपत्यकामा बढी जसो सञ्चारमाध्यम आधारित रहेको काउन्सिलको आङ्कलन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ