arrow

कांग्रेस गण्डकी प्रदेशमा महामन्त्रीसहित नवलपुरका आठ जना निर्वाचित

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ मंसिर २० सोमबार
congress-gandaki-province-11111.jpg

कावासोती । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिमा महामन्त्री सहित आठ पदमा नवलपुरबाट निर्वाचित भएका छन् । नेपाली कांग्रेस नवलपुरका सभापति समेत रहेका विष्णुप्रसाद लामिछाने ५६४  मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् । सदस्यमा नवलपुरका सात जना निर्वाचित भएका छन् । 

प्रत्यक्ष जिल्लाबाट दुई जना, आदिवासी जनजाती खुल्लाबाट १ जना, दलितबाट एक जना, थारु बाट १ जना, प्रत्यक्ष खुल्लाबाट २ जना गरि जिल्लाबाट सात जना सदस्य निर्वाचित भएका हुन् । 

कांग्रेसको विधान अनुसार एक महिलासहित अनिवार्य दुई जना सदस्य निर्वाचित हुने प्रत्यक्ष जिल्ला तर्फबाट जिल्लाका महाधिवेशन प्रतिनिधि अशोक बस्ताकोटी र सिता कुँवर  निर्वाचित भएका हुन् । निर्वाचन मतपरिणाम अनुसार बस्ताकोटीले ५ सय १३ मत प्राप्त गरेका छन भने  गरि सिता कुँवरले ५ सय ६३  मत प्राप्त गरेर निर्वातिच भएकी हुन् । 

त्यसैगरि प्रत्यक्ष खुल्लाबाट घनश्याम कंडेल (९४१३ मत), ओमकुमारी महतो (६१५ मत), आदीबासी जनजाती खुल्लाबाट सुरज गुरुङ (६०५ मत) थारुबाट ईन्द्रबहादुर महतो (५५६ मत) र दलितबाट प्रेमबहादुर विश्वकर्मा  (६०० मत) सहित विजयी भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ