arrow

बाढीले बगाएको गैंडा ६ वर्षपछि घर फर्कियो

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ मंसिर २० सोमबार
263811082_961116674502406_2976877036656469055_n.jpg
६ वर्ष पहिले बाढीले बगाएर भारत पुगेको गैंडा

नवलपुर । करिब ६ वर्ष पहिले बाढीले बगाएर भारत पुगेको गैंडालाई नेपाल ल्याइएको छ । ६ वर्षअघि बगाएर भारत पुगेको गैंडा विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ को उखुबारीमा चर्दै गरेको अवस्थामा स्थानीयले देखे पछि चितवन राष्ट्रिय निकुञ्जमा खबर गरेका थिए ।

स्थानीयको जानकारीपछि चितवन राष्ट्रिय निकुञ्जको टोलीले ६ वटा हात्तीको सहयोगमा नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको पुर्वी सेक्टरमा ल्याएर छोडेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारी बताए ।

बाढीले बगाएर भारत पुगेको गैंडा चरिचरनका क्रममा नेपाल भारत दुवैतिर आउजाउ गर्ने सूचना पाएपछि निकुञ्ज प्रसासनले स्थानीयको सहयोगमा निगरानी बढाएको थियो । बगेर भारत पुगे पनि चर्नका लागि उक्त गैडा नेपालतर्फ आउने गरेको सूचनाको आधारमा निकुञ्ज प्रसासनले निगरानी बढाएको थियो । उक्त गैंडा पटक पटक नेपालतर्फ आएर स्थानीयलाई त्रसित पार्ने तथा खेतीबाली नोक्सान गर्ने गरेको सूचना निकुञ्जलाई आए तापनि  निकुञ्जले नियन्त्रणमा लिन सकेको थिएन ।

स्थानीयले सोमबार गैंडालाई नेपाल तर्फको उखुबारीमा चर्दै गरेको देखेर खबर गरेपछि ६ वटा हात्ती र २५ जना प्राविधिकको सहयोगमा डार्ट गरेर (बेहोश बनाएर) नेपाल ल्याइएको सूचना अधिकारी तिवारी बताए । बेहोश पारिएको गैंडालाई ट्रकमा लोड गरेर राजमार्ग हुँदै चितवन निकुञ्जको पूर्वी सेक्टर क्षेत्र ल्याएर छाडिएको हो ।

सूचना अधिकारी तिवारीका अनुसार बर्खायामको भेलले बगाएर लगेका केही गैंडा अझै पनि भारततर्फ नै रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ