arrow

कांग्रेस केन्द्रीय सदस्यमा नवलपुरबाट सात जना आकाङ्क्षी

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
263475830_933317083968297_4295566322715337462_n.jpg

कावासोती । नेपाली कांग्रेसको यही मङ्सिर २५ गते बाट सुरु हुन लागेको १४ औं महाधिवेशनमा नवलपुरबाट सात जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

नवलपुरबाट गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले खुल्ला तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । २०४८ देखि निरन्तर नेपाली कांग्रेस नवलपरासीको सभापति रहेका नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए भने नवलपुर क्षेत्र नं १ क बाट गण्डकी प्रदेश सभामा निर्वाचित उनी गत जेठमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित भएका थिए ।

त्यसै गरि नेपाली कांग्रेसका महासमिति सदस्य एवं नवलपुर क्षेत्र नं २ का प्रत्याशी समेत रहेका नेता विष्णुकुमार कार्की जिल्लाबाट केन्द्रीय सदस्यका अर्का उम्मेदवार हुन । शेरबहादुर देउवा निकट मानिएका काकीले देउवा समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको उनी निकट स्रोतले बतायो ।

जिल्लाका अर्का नेता एवं नेपाल राष्ट्रिय मगर सङ्घका केन्द्रीय सभापति ओमबहादुर घर्ती ( ओम थापा)ले पनि आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । देउवा निकट मानिएका थापाले देउवा समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको उनी निकट स्रोतले बतायो । 

केन्द्रीय सदस्यमा जिल्लाबाट नेपाल शिक्षक सङ्घकी पूर्व राष्ट्रिय उपाध्यक्ष तथा सार्क शिक्षक महासङ्घकी पूर्व उपाध्यक्ष समेत रहेकी विष्णुदेवी पाण्डेले पनि उम्मेदवारी दिने भएकी छिन । पाण्डेले पौडेल¬ कोइराला समूहबाट खस आर्य महिला कोटामा केन्द्रीय सदस्य लड्ने बताइन । 

त्यसै गरि जिल्लाबाट राजनीतिक विश्लेषक एवं लेखक शङ्कर तिवारीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए । गगनकुमार थापा निकट रहेका तिवारीले गगन थापा रहने समूहबाट आफ्नो उम्मेदवारी रहने प्रस्ट पारे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामा स्तम्भकार रूपमा परिचित तिवारीका नेपाली कांग्रेससँग सम्बन्धित तथा अन्य पुस्तकहरू प्रकाशित छन् । 

त्यसै गरि नेविसङ्घ पूर्व केन्द्रीय सदस्य रहेका युवा नेता गणेश सापकोटाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । पटक पटक ने वि सङ्घ र पार्टी भित्र विधि स्थापित हुन पर्छ भन्दै आमरण अनसन लगायतका आन्दोलन गरेर चर्चामा आएका सापकोटा कृष्णप्रसाद सिटौला, प्रदीप पौडेल र गगन थापा निकट मानिन्छ ।   

जिल्लाबाट सङ्गठन विभागकी केन्द्रीय सदस्य समेत रहेकी महिला नेतृ सिता पाण्डे देवकोटाले पनि कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताइन । शेरबहादुर देउवा समूहबाट  उम्मेदवारी दिने तयारी गरेको पाण्डेले बताइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ