arrow

विवाहपञ्चमीका अवसरमा राष्ट्रपतिको सन्देश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
bidhyadevi.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवाहपञ्चमीका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा बृहत् राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलवार दिएको सन्देशमा सो पर्वले समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी हुन्। 

त्रेता युगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी पुत्री सीताको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा विवाहपञ्चमी मनाइन्छ ।

“प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाममा साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ”, सन्देशमा भनिएको छ, “प्राचीन कालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाहपञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व रहेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ