- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। अन्तर्देशीय सीमा र अन्तर्देशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न् युनियनले दसैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ। मङ्सिर १० गते शुक्रवार आयोजित कार्यक्रममा लक्की ड्र मार्फत मस्तिका नेपाली बिक विजेता घोषित भएकी हुन्। उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्ट मध्य नबिल बैङ्कको सब–एजेन्ट मुक्तिनाथ विकास बैङ्कबाट कारोबार गरेकी थिइन्। उनलाई नबिल बैङ्कको गण्डकी प्रदेश प्रमुख सूर्य बहादुर रोका र मुक्तिनाथ विकास बैङ्कको गण्डकी प्रदेश प्रमुख शङ्कर केसीले संयुक्त रूपमा रु. ५ लाखको चेक हस्तान्तरण गरेका थिए।
दसैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कार्तिक २५ सम्म लागु गरिएको थियो। यस योजनामा ८ हप्तासम्म हरेक हप्ता ५ भाग्यशाली विजेताहरूले रु २०,००० पनि जितिसकेका छन्।
नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट–एटिटि रेमिट, सिजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैङ्क, डिजिटेक र सूर्य रेमिट वा यिनका सब–एजेन्ट मार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो।
वेस्टर्न् युनियनका दक्षिण एसिया प्रमुख एस् एस् रमानाथनले भने, “यो क्यासउत्सव योजनामा विजेता बन्न सफल सम्पूर्ण ४१ जना भाग्यशाली विजेताहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु। विदेशमा दुःख गरेर कमाएको पैसा नेपालमा आफ्नो परिवारलाई पठाउनको लागि वेस्टर्न् युनियनलाई भरोसा र विश्वास गरिदिनुहुने सम्पूर्ण नेपालीप्रति म आभारी छु। तपाईँहरूको यो साथ र विश्वासले हामीलाई भविष्यमा अझै राम्रो सेवा प्रदान गर्न प्रोत्साहित गरेको छ।”