- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। बडा दशैँ र तिहारको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतृत्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा “क्यासउत्सव” प्रवर्द्धन योजना ल्याएको छ जसमा ग्राहकहरूले असोज १ गते देखि कार्तिक २५ गते सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन्।
यो प्रबद्र्धन मा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट–एटिटि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैङ्क, डिजिटेक र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ। सम्पूर्ण योग्य कारोबार स्वचालित रूपमा साप्ताहिक ड्र मा समावेश हुनेछ।
यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले २० हजार जित्नेछन्। यस बाहेक, प्रवर्द्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरू स्वचालित रूपमा बम्पर लक्की ड्र मा समावेश हुनेछन्। यो योजना असोज १ गतेबाट कार्तिक २५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।
यस योजनाको बम्पर लक्की ड्र मङ्सिर ६ गते गरिनेछ। जसमा एक जना भाग्यशाली विजेताले जित्न सक्नेछन् नगद रु ५ लाख। हरेक उपहार रकममा नेपाल सरकारको नियम बमोजिम २५ प्रतिशत कर कट्टा गरी भुक्तिन दिइने कम्पनीको विज्ञप्तिमा भनिएको छ।
“वेस्टर्न युनियनलाई विगत २ दशक भन्दा बढी समयदेखि ग्राहकहरूले कम्पनीप्रति देखाएको निष्ठा र विश्वासको प्रशंसा गर्दछौँ। नेपाली प्रवासीहरूको मिहेनत र बलिदानलाई कदर गर्दै घरमा भएका उनीहरूको प्रियजनहरूका लागि हामीले दशैँको “क्यासउत्सव” प्रवर्द्धन ल्याउन पाउँदा निकै उत्साहित छौँ।
यो प्रवर्द्धन भनेको चाडपर्वको समयमा खुसी बाँड्दै हाम्रो ग्राहकहरूको लगनशीलता र परिश्रमलाई मान्यता दिने एउटा तरिका हो”, वेस्टर्न युनियनका दक्षिण एसियाका सिनियर कन्ट्री म्यानेजर एस एस रमानाथनले भने।