arrow

कोरोना विरुद्धको जारी खोपले नै ‘अ‍ोमिक्रोन’ लाई काम गर्छ : डब्लूएचअ‍ो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
omicron-corona-virus.jpg

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचअ‍ो) ले अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोरोना भाइरसविरुद्धको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ लाई काम गर्ने जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बताएका छन् ।

प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाई अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन स‌क्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षाणमा अहिले प्रयोगमा ‌आएकै खोपले काम गर्ने देखिएको हो ।

चलन चल्तिमा अ‍ाएका खोप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ