arrow

लमजुङ जीप दुर्घटना अपडेटः गणेश माविका एक शिक्षक र दुई विद्यार्थीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
jeep-accident-Lamjung.jpg

लमजुङ । लमजुङमा शैक्षिक भ्रमणमा जाँदै गरेका विद्यार्थी र शिक्षक बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सो दुर्घटनामा आठ जना घाइते भएका छन्।

सिम्पानीस्थित गणेश माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी बोकेको जीप सडकबाट डेढसय मिटर तल खसेर दुर्घटना भएको लमजुङ प्रहरीले जनाएको छ। मृत्यु हुनेमा एक शिक्षक र दुई विद्यार्थी छन् । मृत्यु हुनेमा विद्यालय शिक्षक कपिलवस्तु वाडगंगा ८ का ३८ वर्षका शिक्षक कमल थापा, लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नंं ९ का कक्षा ७ मा अध्ययनरत १३ वर्षकी प्रमिशा गुरुङ र १२ वर्षका गणेश भण्डारी रहेका छन्।

जीप मर्स्याङ्दी  गाउँपालिका वडा नं. ८ भुस्मे नजिकै कालिमाटीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक कृष्ण कार्कीले जानकारी दिए । 

डिएसपी कार्कीका अनुसार मर्स्याङ्दी  गाउँपालिका-९ सिम्पानीबाट वडा नं. ८ भुस्मेमाथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग१ज ६३१७ नम्बरको जीप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो।

दुर्घटनाका घाइतेहरुलाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको र गम्भीर घाइते दुई जनालाई चितवनको भरतपुर अस्पताल पठाइएको प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए।

साँघुरो सडक र गहिरो घुम्तीमा जीप मोडिन नसकेको र ब्याक गर्नेक्रममा जीप खसेको रेग्मीले बताए।

दुर्घटनामा जीप चालक ५० वर्षकम वीरेन्द्र थापा पनि गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि चितवन पठाइएको उनले बताए। दुर्घटनामा घाइते भएका दुई जना डिस्चार्ज भएर घर फर्किएको प्रहरी निरीक्षक रेग्मीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ