arrow

युवराज न्यौपानेले पनि गरे सभापतिमा उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
yubraj-neupane-election.jpg

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि अहिलेसम्म दुई जनाको उम्मेदवारी परेको छ । महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले पनि उम्मेदवारी दिएका हुन् । उनले कांग्रेसमा युवा पुस्ता आउनु पर्छ भन्दै यसअघि नै उम्मेदवारी घोषणा गरेका थिए । 

त्यस्तै कल्याण गुरुङले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् । पार्टीको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व आउनु पर्छ भनेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । 

केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय रहेको छ । 

हिजो भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ । 

 उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै बेलुकी ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय भोलि बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो दिउँसो १२ः१५ बजे र मतदान पर्सी सोमबार बिहान ८ बजेदेखि हुनेछ । 

यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् । 

हिजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको थियो । 
 



नयाँ