arrow

बालबालिकाको शल्यक्रियामा अब्बल बन्दै केएमसी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
kmcs.PNG

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज बालबालिकाको शल्यक्रिया सेवामा पनि अब्बल बन्दै गएको छ । नेपालकै उत्कृष्ट वाल शल्य चिकित्सकबाट जटिल एवं दुर्लभ शल्यक्रिया सफलतापूर्वक गरेर केएमसीले बालबालिकाको शल्यक्रिया सेवामा आफ्नो अब्बलता प्रदर्शन गर्दै गएको हो ।

केएमसीमा नेपालकै पहिलो एमसीएच वाल शल्य चिकित्सक छन् । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा पढेर आएका नेपालकै पहिलो वाल शल्य चिकित्सक डा.आशिस लाल श्रेष्ठसहितको चिकित्सकीय टिम केएमसीमा छ । नेपालकै उत्कृष्ट एवं दक्ष मानिने वाल शल्य चिकित्सकहरूको टिमले केएमसीमा बालबालिकाको जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ । 

केही महिना अघि पनि केएमसीले १४ दिनको नवजात शिशुको जन्मजात देखिएको कनजेनिटल डायफ्रामाटिक हर्नियाको जटिल शल्यक्रिया सफलतापूर्वक गरेको थियो । केएमसीमा अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको टिम भएकाले बालबालिकाको जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिँदै आएको केएमसीका अध्यक्ष डा.सुनिल शर्मा बताउँछन् ।

कलिलो उमेरका कारण बालबालिकाको शल्यक्रियालाई जटिल मानिन्छ । नेपालका केही सीमित अस्पतालहरूमा मात्र बालबालिकाको शल्यक्रिया हुने गरेको छ । बालबालिकाको जटिल समस्याको शल्यक्रिया गर्ने अस्पताल झन् कम छन् । बालबालिकाको शल्यक्रियाका लागि सीमित अस्पताल मात्र भएकाले सरकारी अस्पतालमा शल्यक्रियाका लागि महिनौँसम्म पालो कुर्नुपर्ने बाध्यता छ ।

तर, केएमसीमा न्यून शुल्कमै तत्काल, सहज र सरल रुपमा बालबालिकाको शल्यक्रिया गर्ने गरिएको केएमसीका वाल तथा नवजात शिशु सर्जन डा.श्रेष्ठ बताउँछन् । ‘सरकारी अस्पतालमा बालबालिकाको अप्रेसनका लागि बर्षौसम्म पालो पर्खनु परेको खबर मिडियाहरूमा आइरहेका छन्,’ डा.श्रेष्ठ भन्छन्, ‘केएमसीमा त्यस्तो समस्या छैन, हामीले सस्तो मूल्यमै बालबालिकाहरूको जस्तो सुकै समस्याको अप्रेसन पनि सहज र सरल रुपमा गरिरहेका छौं ।’

गत वैशाख महिनाबाट बालबालिकाको शल्यक्रिया सेवा सुरु गरेको केएमसीले अहिले महिनामा करिब २०-३० जना बालबालिकाको शल्यक्रिया गर्दै आएको छ । बालबालिकाको शल्यक्रियाका लागि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट बिरामी आउने गरेको केएमसीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ