- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालको राजनीति व्यक्ति स्वार्थ केन्द्रित राजनीतिको चक्रव्यूहमा रूमलिएको छ । राजनीतिलाई शक्ति आर्जन गर्ने र पैसा कमाउने माध्यमको रूपमा प्रयोग भइरहेको छ । नेपालको राजनीतिमा केही यस्ता अपवाद नेता पनि छन् जसले राजनीतिलाई शक्ति आर्जन गर्ने हैन राष्ट्र समृद्ध र सवल बनाउनुपर्छ भन्दै आफ्नो राजनीतिक यात्रा नै दाउमा राख्न पछि पर्दैनन् । देशको हित र स्वाधिनताका लागि पार्टीभित्र विद्रोह गर्नसक्ने ल्याकत राख्ने व्यक्ति हुन् नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी ।
कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदका उम्मेदवार भण्डारीले राष्ट्रलाई प्राथमिकतामा राखेर गरेको राजनीति कतिपय शक्तिकेन्द्रको लागि टाउको दुखाईको विषयसमेत बन्ने गरेको छ । बहुसङ्ख्यक हिन्दू रहेको नेपालमा पूर्वीय दर्शन बिस्तारै ओझेलमा पर्दै गएको छ । पश्चिमा मुलुकहरूले अनुशरण गर्ने तर नेपालमा प्रतिउत्पादन भएको यो दर्शन स्थापित गर्न भण्डारीले उठाएका विषय धार्मिक विखण्डनवादीका लागि राम्रो लागि रहेको छैन ।
नेपाललाई विभिन्न खण्डमा विभाजित गर्ने र असफल राष्ट्र बनाउने षडयन्त्र बोकेका विदेशी शक्तिका अगाडि भण्डारीले सुरू गरेको अखण्ड लुम्बिनी प्रदेशको आन्दोलनले देश विभाजनको खतरा टरेको छ । डा. भण्डारीले पार्टी राजनीतिभन्दा माथि उठेर गरेका यी उद्घोषहरूले विजय प्राप्त गरिसकेको छ ।
पार्टीभित्र भण्डारीका यी कदमलाई रोक्ने र निरूत्साहित गर्ने कदम नभएका पनि होइनन् तर उनी अविचलित रूपमा अघि बढिरहेका छन् अनि सफल पनि । पार्टी भित्र विभिन्न समयमा हुन खोज्ने अप्रजातान्त्रिक क्रियाकलाप र निर्णयमाथि भण्डारीले लिन गरेको अडान र नेतृत्वको आलोचना पार्टीका शिर्ष नेताहरूको समेत टाउको दुखाई बन्ने गरेको छ ।
उनलाई पार्टीमा एक्लाउन र असफल पार्न अनेक हथकण्डा उपनाउने गरिएका उदाहरण पनि प्रसस्त छन । पार्टी राजनीति भन्दा देश माथि हुनुपर्छ भन्दै राजनीतिको चिराग बोकेर हिडेको भण्डारीका अगाडि यस्ता हथकण्ठा हरेक पटक असफल भइरहेका छन् ।
पञ्चायती एक दलीय व्यवस्थाविरूद्ध आक्रमक रूपमा प्रस्तुत भई नेपाली कांग्रेसको राजनीतिमा होमिएका भण्डारीको युवा किशोर अवस्थाको राजनीतिक चेतप्रति स्वर्गिय गिरिजा प्रसाद कोइराला पनि प्रभावित बनेका थिए ।
पार्टी तथा देश प्रतिको निष्ठा र स्पष्ट दृष्टीकोण देखेर उनी कोइरलाको नजरमा परेका थिए । २०४६ सालको जनआन्दोनमा स्वर्गिय कोइरालाले भण्डारीलाई महत्वपूर्ण राजनीतिक आन्दोलनका कमाण्डको रूपमा खटाएका थिए ।
भण्डारीले निर्दलिय पञ्चायत विरूद्ध गरेको आन्दोलनमा उनी पटक पटक जेल परे र गम्भिर यातना समेत भोगे । २०१८ सालमा गुल्मीको हुँगाम जन्मिएका भण्डारी २०३३ सालमा पीपी कोइरलाबाट प्रभावित भई नेपाली कांग्रेसको राजनीतिमा होमिएका थिए । ३०३६ सालमा नेपाल विद्यार्थी संघको सदस्य लिएका उनले २०३६ सालको आन्दोलनमा पक्राउ परि जेल परेका थिए ।
२०३८ सालमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेनको नेपाल विद्यार्थी संघका सभापति बनेका भण्डारी २०४२ सालको सत्याग्रह आन्दोलनमा रहेका बेला जेल परे । २०४४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बने । पञ्चायत विरूद्धको आन्दोलनमा सक्रिय भएका उनी तत्कालिन व्यवस्थाको आँखाको तारो बनेका थिए ।
२०४६ सालमा पञ्चायत विरुद्धको आन्दोलनमा स्वर्गिय गिरिजा प्रसाद कोइरालासंग देश भर भएको आन्दोलनको अग्रमोर्चामा खटिने भण्डारी उपस्थित नहुने आन्दोनल खल्लो हुने स्वयं कोइरलाले बताउने गर्दथे ।
पार्टी भन्दा देश माथि रहनुपर्छ भन्ने भण्डारीको दृष्टीकोण र पञ्चायत ढाल्न उनले गरेका भाषण नेपालको राजनीतिमा अहिलेपनि चर्चा हुने गर्छ ।
पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलको स्थापना पछि २०४८ सालमा भण्डारी नेपाल विद्यार्थी संघको केन्द्रिय महामन्त्रीमा निर्वाचित बनेका थिए । २०६२–०६३ को जनआन्दोलमा सक्रिय रही संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनका लागि महत्वपूर्ण भूमिका खेलेका भण्डारीलाई कांग्रेसमा गणतन्त्रको एजेण्डा प्रवेश गराएको श्रेय दिने गरिन्छ ।
२०६४ सालको पहिलो संविधान सभा सदस्यको उम्मेदवार बनेका भण्डारीलाई गणतन्त्रवादी विरोधीहरूले भण्डारी हराउ अभियान नै चलाएका थिए । आफू हारेपनि देशले जित्नुपर्छ भन्ने राजनीतिक मान्यता बोकेर हिडेका भण्डारीलाई यसले विचलित बनाउने कुरै थिएन ।
२०६७ सालमा नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित बनेपछि भण्डारीले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन नेतृत्वसंग पटक पटक विमति राख्ने सामथ्र्य राखे ।
भण्डारीको केन्द्रिय समितिमा पार्टीका विसङ्गति विरूद्ध राखेको आलोचना शिर्ष नेताका लागि टाउको दुखाइसमेत बन्ने गरेको थियो । जसका कारण पार्टीका आन्तरिक चुनावी प्रतिस्पर्धामा मात्र नभएर आम चुनावमा भण्डारीलाई असफल बनाउने विभिन्न हथकण्डासमेत भएका थिए ।
पार्टी कार्यकर्ता र आम जनताको आखाँमा बसेका भण्डारी असफल बनाउने केन्द्रको योजना समेत पटक पटक असफल भयो । २०७० सालको दोस्रो संविधान सभामा गुल्मी क्षेत्र–२ (हाल–१) बाट निर्वाचित बनेका भण्डारीले संविधान निर्माण गर्द जनताको सुझाब राख्नुपर्छ भन्दै अभियान नै चलाए ।
भण्डारीले संसदमा भनेका थिए ‘हामी जनताका प्रतिनिधि हौं कस्तो संविधान बनाउने भन्ने निर्णय जनताले नै गर्नु पर्छ ।’ भण्डारीले अघि सारेको यो अवधारण अन्ततः लागु भयो र जनताको सुझाव समेटेर नेपालको संविधान २०७२ जारी भयो ।
नेपालको राजनीतिक इतिहासमा भण्डारीलाई अखण्ड लुम्बिनी प्रदेशको नायकको रूपमा चित्रण गरिन्छ । लोकतान्त्रिक व्यवस्थाको स्थापना भएपछि नेपालमा फरक फरक संघ बनाउने बारे रस्साकस्सी चलेको थियो । विभिन्न जात र भाषा भाषीले आआफ्नै संघको माग गरिरहेका थिए । तराईलाई एउटै प्रदेशमा राख्नुपर्ने आवाज चर्को थियो । राजनीतिक पार्टीले यो आवाज बारे आफ्नो धारण सार्वजनीक गर्न सकिेका थिएनन् । नेपाली कांग्रेसमा पनि प्रदेशबारे फरक फरक विचार उठिरहेका थिए ।
डा. भण्डारीले कुनैपनि हालतमा तराईलाई पहाडबाट छुट्याउन नहुने आवाज उठाए । पार्टीले औपचारिक धारणा सार्वजनिक गरेको थिएन । तत्कालीन सकारकार लुम्बिनी प्रदेशका तराईलाई छुट्टै प्रदेश बनाउनेतर्फ अघि बढ्न लागेपछि उनले आफ्नै नेतृत्वमा अखण्ड लुम्बिनी प्रदेशको आन्दोलन सुरू गरे ।
रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान लगायतका जिल्लामा चलेको आन्दोलनले सरकारलाई चर्को दवाव सिर्जना ग¥यो । अन्तत लुम्बिनी प्रदेश दुई टुक्र हुनबाट जोगियो ।