arrow

डा. शशांक शेखरकै प्यानलमा, सचिवालय भन्छ –देउवा प्यानलले भ्रम फैलायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
sashank-koi-mn.jpeg

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानको तयारी भइरहँदा उम्मदेवारहरु अन्तिम कसरतमा छन् । मतदातालाई आफ्नो पक्षमा पार्न अनेकन तिगडम अपनाइरहेका प्यानल एकअर्काका उम्मेदवारलाई पनि आआफ्नो प्यानलमा राखेर प्रचार गरिरहेका छन् ।

सभापतिको दौडमा शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार  डा. शशांक कोइरालालाई आफ्नो प्यानलमा राखे मतपत्रको नमूना बाँडिरहेको छ । तर, शशांकको निजी सचिवालयले भने यसलाई भ्रम भनेको छ ।

शशांकका स्वकीय सचिव भरत तिवारीले शेखर कोइरालाको प्यानललाई नै सहयोग रहने बताए ।  तिवारीले भने,  ‘उहाँ (शशांक) को नाम दुवै समूहले राखेका छन् । तर समर्थन शेखर कोइरालाको प्यानललाई नै हो ।’

यद्यपि, शशांक यसअघि नै शेखरसँग रुष्ट छन् । इतरबाट सभापतिमा साझा उम्मेदवारको पक्षमा रहे पनि शेखर र प्रकाशमान सिंहले नमानेपछि समूह छिन्नभिन्न भएको थियो । शशांक शेखरको मनोनयन दर्ता र उम्मेदवारी घोषणा सभामा सहभागी भएका थिएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ