arrow

रामचन्द्र पौडेल भन्छन् – देउवाले सदन अन्त्य गरेर ओलीको नियति सामु समर्पण नगरुन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
ramchandra-poudel9_1618139671.jpg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने केपी ओलीको नियतीका सामु समर्पण ठहरिने बताएका छन् ।

बुधबार विहान सामाजिक संजालमार्फत प्रतिक्रिया दिंदै नेत पौडेलले देशलाई निकास दिने भन्दै गठन भएको सरकारले पनि पुरानै गतिविधि नगर्न सुझाव दिएका छन् ।

उनले भनेका छन्,‘वर्तमान सरकार संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने एमाले अध्यक्ष ओलीको नियतिका सामु समर्पण गरेको ठहरिनेछ ।’

६ महिनाभित्र दुइपटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने प्रयास गरेको उनको भनाइ छ।

एमाले अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयासमा लागेको आरोप समेत उनले लगाए। देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र भइरहेकोसमेत उनको भनाइ छ।

६ महिनाकाे समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनाै दिनदेखि संसद अवराेध गरेर विघटन सहि थियाे भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन् ।

संसद चलाउछु र संसदबाटै सबै निकास खाेज्छु भनेर आएकाे सरकारले पनि संसद सुचारू गराएर देशलाई लाेकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्याे भने ओलीकाे नियतीका सामु सर्मपर्ण गरेकाे ठर्हनेछ ।

राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलाप तर्फ सचेत रहन आम नागरिककाे ध्यानाकर्षण गर्दछु । देशलाई प्रयाेगै प्रयाेगकाे थलाे बनाएर थिलथिलाे पार्ने षड्यन्त्र हाे यो । समावेशी संसदीय प्रणालीनै सिद्द्याउन खोजिएको देखिन्छ ।

रामचन्द्र पाैडेल

२९ मंसिर २०७८

 



नयाँ