arrow

आज वर्षा र हिमपात

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
monsoon-weather-cloud-rain.jpg
तस्बिर– फाइल

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिमका पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । त्यस्तै सुदूरपश्चिम, कर्णाली,गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । शनिबार कर्णाली तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको आँकलन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ