arrow

एमाले महासचिव पोखरेलले सार्वजनिक गर्दै पार्टीका निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
ncp-uml-party-head-office-hq-oli.jpg

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले आज पत्रकार सम्मेलन गर्दैछन् । मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गर्न लागिएको हो । 

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ ।  चितवनमा १०–१४ मंसिरमा भएको १० औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।

बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ