arrow

नेपालमा चिनियाँ हस्तक्षेप भएको भन्दै प्रदर्शन, सांसदहरुको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
china-union8.jpg

काठमाडौं । नेपालमा चिनियाँ हस्तक्षेप विरुद्ध शुक्रबार काठमाडौंमा प्रर्दशन गरिएको छ । नेपाल डेमोक्रेट युनियनले संघीय संसद भवन अगाडि प्रदर्शन गरेको हो ।

चीनले नेपाल र अमेरिकाबीचको सम्बन्ध बिगार्न गुप्तचर परिचालन गरेको युनियनका प्रेसिडेन्ट सिद्धार्थ गौतमले दाबी गरेका छन् । उनले नेपालमा स्टेशन बनाएर परिचालित चिनियाँ गुप्तचरको चिनियाँ परिचय पत्र नम्बरसमेत सार्वजनिक गरेका छन् ।

युनियनले हुम्ला, रसुवा, दोलखा, मुस्ताङलगायतका जिल्लामा नेपाली भूमि मिचेको भन्दै सांसदहरुको ध्यानाकर्षणसमेत गराएको छ।

चीनले एमसीसीविरुद्ध गलत प्रचार गरेको, नेपालका दलहरुमा आन्तरिक झगडा लगाएकोसमेत युयिनको आरोप छ । भैरहवामा चिनियाँ झण्डा फहराएर चीनल नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको युनियनले आरोप लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ