arrow

काठमाडौंमा यो वर्षकै सबैभन्दा कम तापक्रम, जुम्लामा माइनस 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
weather-ktm-kathmandu-metro-sky.jpg
तस्बिर– फाइल

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घट्दो क्रममा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज २.६ डिग्री सेल्सियसमा झरेको छ । हिजो शुक्रबार ३.४ डिग्री मापन भएको थियो । 

एकै दिन एक डिग्री झर्दा थप चिसो महसुस भइरहेको छ । न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको हो ।

मौसमविदहरुका अनुसार न्यूनतम र अधितम दुवै तापक्रम घट्न थालेपछि रातिसँगै दिउँसो पनि चिसो बढ्न थालेको छ ।

नेपालमा सबैभन्दा बढी चिसो जुम्लामा रहेको छ । त्यहाँ बिहान न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ । शुक्रबार जुम्लाको तापक्रम माइनस ५.८ डिग्री थियो । आज माइनस ५.३ डिग्री रहेको छ । 

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण पनि तापक्रम घटिरहेको मौसमविद्ले बताएका छन् ।

आज न्यूनतम तापक्रम दिपायलमा ४.९, डडेलधुरामा २.१, धनगढीमा ६.३, वीरेन्द्रनगरमा ४.४, नेपालगञ्जमा ६.८, घोराहीमा ७.५, पोखरामा ८.५, भैरहवामा ९.८, सिमरामा १०, ओखलढुङ्गामा ५.४ डिग्री रह्यो । 

त्यस्तै ताप्लेजुङमा ४.६, धनकुटामा ८.८, विराटनगरमा १० तथा जनकपुरमा १०.६ रह्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ