arrow

बालबालिकालाई विद्यालयमै पुगेर खोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
moderna.jpg

महोत्तरी । कोभिड– १९ को नयाँ भेरियन्ट देखिएसँगै महोत्तरीमा कोरोना विरुद्धको खोप अभियानलाई तीव्र बनाइएको छ । महोत्तरीमा १२ देखि १७ वर्ष उमेरका बालबालिका तथा किशोरकिशोरीलाई ७–११ पुसमा खोल लगाइने भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवका अनुसार सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीलाई खोप लगाउनेछ । त्यसका लागि मोडर्ना खोप आइसकेको उनले जनाए ।

६–११ पुसमा बर्दिबास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही, सम्सी र सोनामा पालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।  जलेश्वर, पिपरा, लोहारपट्टी, मटीहानी, मनरासिस्वा, बल्वा र एकडारामा  भने १४–१८ पुसमा सामुदयिक विद्यालयका विद्यार्थीलाई खोप लगाइने छ । 

खोप लगाउन छुटेका तथा दोस्रो मात्रा लगाउन बाँकीले पनि खोप लगाउन पाउने उनले जानकारी दिए । महोत्तरीको कुल जनसंख्याको  झण्डै ६५ प्रतिशतले खोप लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ