arrow

दुवै डोज खोप लगाएका कोरोना संक्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
corona-omicron-nepal.jpg

बैतडी । बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको  जिल्ला अस्पतालमा मृत्यु भएको हो । बिहीबार साँझ ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिए । 

उनका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका ती वृद्धको शरीरमा अक्सिजन लेभल ७५ प्रतिशत भन्दा कम रहेको थियो । कोभिसिल्डको दुवैमात्रा  लगाएका ती वृद्धको  कमजोर स्वास्थ्य अवस्था, अक्सिजन कम र शरीरमा अत्यधिक ‘इन्फेक्सन’ भएर मृत्यु भएको अस्पतालले जनाएको छ । 

कृत्रिम अक्सिजन दिँदा पनि कोरोनाका कारण शरीरमा इन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको अस्पतालले जनाइएको छ ।  यससंँगै बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।  जिल्लामा हाल तीन जनामात्रै सक्रिय सङ्क्रमित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ