arrow

सर्वदलीय बैठक : संसद र एमसीसी एजेण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
gathabandhan baithak.jpg

काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सर्वदलीय बैठक शुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा लामो समयदेखि अबरुद्ध संसद बैठक र अमेरिकी सहयोग परियोजना एमसीसी परियोजनाको विषय एजेण्डाका रुपमा राखिएको छ।

सत्तारुढ दलमा आवद्ध राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अवरुद्ध संसद र एमसीसीका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका हुन्।

‘अबरुद्ध संसद र एमसीसीको विषयमा छलफल गर्ने भन्ने छ, म चाँही बैठकमा छैन, मैले महासचिवलाई बैठकमा जानुस् भनेको छु,’ केसीले आफू भैरहवामा रहेको जानकारी दिंदै हाम्राकुरासँग भने।

सर्वदलीय बैठकमा नेकपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका नेताहरु सहभागी छन् ।

कांग्रेस भने एमसीसी संसदबाट पारित गर्नु पर्ने पक्षमा उभिंदै आइरहेको छ भने सत्ता गठवन्धनमा रहेको दल माओवादी केन्द्रले भने सर्वपक्षीय छलफल गरेको सो विषयमा केही परिमार्जन सहित अघि बढ्नु पर्ने बताउँदै आइरहेको छ।

गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका केही विषयमा परिमार्जन गरेर सर्वपक्षीय छलफलमार्फत अघि बढाइनु पर्ने बताएका थिए ।

सर्वदलीय बैठकमा नेकपा एमाले भने अनुपस्थित छ। बैठकमा नेकपा एसलाई डाकिएपछि एमाले सहभागी नभएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ