arrow

पदाधिकारीलाई सल्लाह दिने ३५ महत्वपूर्ण खुलातर्फका केन्द्रीय सदस्यहरु कसका ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
deuba-shekhar.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि मतगणनाको क्रम जारी रहेको छ । मतदानमार्फत १३४ जना निर्वाचित हुनेछन् । अहिले केन्द्रीय सदस्यहरुको विभिन्न समूहको मतगणना जारी रहेको छ । पदाधिकारीलाई चलाउने खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको मतगणनाको नतिजा भने हिजो नै सार्वजनिक भएको छ । 

यसपटकको केन्द्रीय सदस्यको चुनावमा सभापतिका दावेदार, उपसभापतिका दावेदार, महामन्त्री र सहमहामन्त्रीका दावेदारहरु पनि सहभागी भए । र अधिकांशले जिते पनि । विशेषगरी यसपटक दुई पक्षले पूरै प्यानल खडा गरे । संस्थापन र इतर पक्ष । संस्थापनबाट शेरबहादुर देउवा र इतरबाट डा. शेखर कोइराला पक्ष खडा भयो । 

जसमा देउवा पक्षका २४ जना निर्वाचित भएका छन् । डा. शेखर कोइराला पक्षका १० जना निर्वाचित भएका छन् । सबैभन्दा बढी मत ल्याएका डा. शशांक कोइराला भने तटस्थ देखिए । उनलाई इतरको पनि अर्को धार बनाएर सभापतिमा लडेका (तर पछि देउवालाई समर्थन गरेका) प्रकाशमान सिंहले पनि आफ्नो प्यानलमा राखेका थिए । 

सभापतिको दावेदारीबाट अन्तिम समयमा पछि हटेका डा. शशांकले जारी महाधिवेशनकै सबैभन्दा लोकप्रिय मत ल्याएका हुन् । महत्वपूर्ण केन्द्रीय सदस्यमा जित्नेहरुमा शीर्ष १० बढी मत ल्याउनेमा डा. शेखरका एक जनामात्र छन् । 

त्यस्तै बढी मत ल्याउने २० जनामध्ये ४ जनामात्र शेखर पक्षका छन् । १५ जना देउवा पक्षका र १ जना तटस्थ छन् । देउवा इतर समूहका कतिपय नेताहरुले कठिन जित हासिल गरे ।

यी ३५ जना कसका ? बढी मतसहित
तटस्थ

१, डा. शशांक कोइराला – ३८३६ 

देउवा पक्ष
२, एनपी साउद – २९३७
३, बालकृष्ण खाँण – २८७९
४, उदय शम्शेर राणा – २८४३
५, रामहरी खतिवडा – २८३२
६, ज्ञानेन्द्रबहादुर कार्की – २८२०
७, रमेश लेखक – २७८०
८ शंकर भण्डारी – २७६८
९, जिपछिरिङ्ग लामा – २७०२
११, जितजंग बस्नेत – २५५७
१२, गोपालमान श्रेष्ठ – २५३८
१३, मोहनबहादुर बस्नेत – २४७६
१४, सुनिलबहादुर थापा – २४७२
१५, नैनसिंह महर – २४६७
१९, गोविन्द भट्टराई – २३५०
२०, कुन्दनराज काफ्ले – २२७९
२२, सुरेन्द्रराज पाण्डे – २२०१
२३, पदमनारायण चौधरी – २०३८
२४, राजिव ढुंगाना – १८९६
२५, गुरु बराल – १८७०
२८, मदनबहादुर आमात्य – १८३०
३०, गणेश लामा–१७८२
३२, उमेशजंग रायमाझी –१७७६
३३, ई. मोहन आचार्य – १७५१
३४, डा. गोपाल दहीत – १७१०

शेखर कोइराला पक्ष
१०, अर्जुननरसिंह केसी – २६५०
१६, दिलेन्द्र प्रसाद बडु – २४४१
१७ डा. रामशरण महत – २४३४
१८, बलबहादुर केसी – २३८८
२१, दीपक गिरी – २२६५
२६, सञ्जयकुमार गौतम – १८६७
२७, गोविन्दराज पोखरेल – १८४३

२९, अजयबाबु शिवाकोटी – १८११

३१, दिनेश कोइराला – १७८१
३५, कृष्णकिशोर घिमिरे – १७०७



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ