काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको अवरोधका कारण सोमबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । बैठक शुरु भएलगत्तै एमालेका सांसदहरु उभिएर विरोध गरेका थिए ।
एमालेले गत भदौ २३ यता लगातार संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ । सोमबारको बैठकमा भने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि सांसदहरुले अटेर गरेपछि बैठक स्थगित गरिएको थियो ।
अध्यक्ष तिमिल्सिनाले सांसदहरु समक्ष कार्यसुची हटाएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका थिए ।