arrow

टेको लगाइएको पुल भाँच्चियो, टिपर चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
bridge-chapagaun-accident.jpg

ललितपुर । ललितपुरको  चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो ।

पुल भाँच्चिएर गाडीमा ठोक्किदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाको ज्यान गएको महानगरीय प्रहरी वृत्त चापागाउँका सई पुरुषोत्तम आचार्यले जानकारी दिए । टिपर नख्खुबाट टिकाभैरवतर्फ जाँदै थियो ।

घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिगएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ