arrow

प्रेस काउन्सिलको पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण काभ्रेमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
press-2324242.jpg

काभ्रे । पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रम भइरहेको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा क्रियाशील पत्रकारहरुलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ काभ्रे जिल्ला शाखाको समन्वयमा काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा सोमबारबाट शुभारम्भ भएको हो ।
 
उद्घाटन सत्रमा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जुले पत्रकारितामा जिउने परिस्थिति निर्माण नभएसम्म पत्रकार आचारसंहिताको पालना हुन नसक्ने बताउँदै पेशा र सञ्चार क्षेत्रलाई सबल र आत्मनिर्भर हुन सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । 
  
प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवि मास्केले पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रम फरक ढंगबाट अघि बढाउनुपर्ने र आफूले सिकेका कुराहरु जिल्लामा गएर कार्यक्षेत्रका पत्रकार साथीहरुलाई समेत शेयर गर्न तालिममा सहभागी पत्रकारहरुलाई आग्रह गरे ।  

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले यस्ता प्रशिक्षण कार्यक्रममा अग्रज पत्रकारबाट उर्जा र जाँगर एवं सीप सिकी व्यवसायिक पत्रकारितामा अघि बढ्न थप टेवा पुग्ने बताए । 
 
आज सकिँदै गरेको ६ वटा शेसन चल्ने सो कार्यक्रममा वरिष्ठ पत्रकार एवं पुर्व अध्यक्षहरु धर्मेन्द्र झा, गोविन्द आचार्य, महासंघ अध्यक्ष विपुल पोखेल, बरिष्ठ पत्रकार निर्मला शर्मा लगायतले पत्रकार आचारसंहितासम्बन्धी अध्ययन र अनुभव बाँड्ने छन् ।   
 
प्रशिक्षण कार्यक्रमबाट बागमती प्रदेशस्तरका करीब ५५ जना पत्रकारहरु लाभान्वित हुने प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ