- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुले मंगलबार पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् ।
नेपाल बार एसोसिएसनको अगुवाइमा बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतको मूलगेटमा गर्दै आएको प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उनीहरुले नाराबाजी र कोणसभा गरे । तर यता सर्वोच्च प्रशासनले प्रदर्शनकारीहरुलाई अदालत परिसरमा नाराबाजी नगर्न र हाते माइक प्रयोग नगर्न दबाब दिएको छ ।
बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूलाई प्रधानन्यायाधीशको निर्देशन भन्दै सर्वोच्च प्रशासनबाट फोन गरेर प्रदर्शन र नारावाजी नगर्न भनिएको जानकारी दिए ।
अदालतको दैनिक कामकारवाहीमा प्रभाव परेको र सेवाग्राहीहरुलाई सास्ती भएको भन्दै अदालत प्रशासनले नाराबाजी र हाते माइक प्रयोग नगर्न भनेको बताइएको छ ।
यता प्रधानन्यायाधीश जबराले भने राजीनामा नदिने अडान यथावत राखेका छन् । त्यस्तै १२ बजेसम्मको प्रदर्शनको कार्यक्रम सकिएपछि मात्र अदालतमा इजलास बस्ने गरेको छ । जसका कारण अदालतको दैनिक काममा अवरोध हुँदै आएको छ ।